बजार खुले पनि आउँदैनन् ग्राहक: व्यापारी भन्छन्- यातायात नखुले सम्म हुँदैन व्यापार

पार्वती पाठक, काठमाडौं , असार १६ । कोरोना भाइरस (कोभिड–१९) का कारण विश्व नै यतिबेला आक्रान्त छ । कोरोना भाइरस नियन्त्रण तथा रोकथामका निम्ति विभिन्न देशहरुले जारी गरेको लकडाउनका कारण यतिबेला विश्व श्रम बजारमै रोजगारीको अवसर घटिरहेकाबेला नेपाल जस्तो सानो अर्थतन्त्र भएको मुलुकमा यसको प्रभाव अझै बढी पर्ने देखिन्छ । कोरोनाका कारण जारी लकडाउनको केहि समयपछि विभिन्न मु्लुकले आर्थिक गतिविधि सञ्चालनमा ल्याएका छन् । तर सञ्चालनमा ल्याए पनि ब्यापार भने नभएको ब्यापारीहरुको भनाइ रहेको छ ।

सरकारले लकडाउन खुकुलो बनाए सँगै न्युरोड तथा अन्य आसपासका क्षेत्रका बजारमा सर्वासाधारणको चहलपहल बढ्न थालेको छ । कोरोनाको कारणले सुनसान रहेको बजारमा चहल पहल बढे पनि ब्यापार भने खासै नभएको व्यापारीहरु बताउछन।यतिखेर अधिकांस मानिस ग्रामिण भेग तिरै भएकाले अरुबेला जस्तो भिडभाड त छैन त्यै पनि दिनानुदीन सर्वासाधारणको चाप बढ्दो क्रममा रहेको छ। सरकारले नेपालमा गत चैत ११ गते देखि सरकारले लकडाउन गरेको छ ।

यो लकडाउ साउन ७ सम्म लम्ब्याउने निर्णय पनि गरिसकेको छ । यसरी जारी गरेको लकडाउनमा करिव तीन महिनासम्म अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण गतिविधि बन्द रहेको थियो । तीन महिनासम्म लकडाउन हुँदा व्यवसाय नै धरासायी भएको हुन पुगेको थियो । यता सरकारले पनि व्यवसायीको लागि छुटै राहतको व्यवस्था नगरेको भन्दै व्यवसायीहरुले लकडाउनको मोडालिटी परिर्वतन गरेर बजार खुल्ला गर्नु पर्ने माग राखेका थिए ।यसरी व्यवसायीले सरकारको अनुमति विना व्यवसायी आफैले पसल खुल्ला गर्न थाले पछि सरकारले गत जेठ २८ गतेदेखि सम्पूर्ण उद्योग, व्यापार र सम्पूर्ण पसल खुल्न दिने निर्णय गरेको थियो ।

चहलपहल बढे पनि ग्राहक भने आउँदैनन् 

सरकारले लकडाउनलाई जारी राखेर नै सपिङमल बाहेकका सबै खाले बजार खुल्न अनुमति दिएसँगै उपत्यका लगायत देशभरीका मुख्य व्यापारीक केन्द्रका बजारहरु खुलेका छन् । तर, सरकारले व्यवसाय तथा पसलहरु खुल्न दिए पनि व्यापार भने नभएको व्यापारीहरुले बताउँन थालेका छन् । खाद्यान्न तथा किराना पसल बाहेकका पसलहरुमा बिहानदेखि बेलुकासम्म पनि बोहोनी नै नभएको कति व्यापारीहरुको भनाइ रहेको छ ।

बजार खुल्न थाले पनि उपत्यकाका व्यापारिक क्षेत्र न्युरोड, असन, ठमेल, दबारमार्ग, महाबौद्ध, लगनखेल, कोटेश्वर, नयाँ बसपार्क, पुरानो बसपार्क र चाबहिल लगायतका क्षेत्रमा सामान्य अवस्थामा उपत्यका र उपत्यका बाहिरका व्यापारी आएर भिडभाड हुने गरेका थिए तर यति बेला यी क्षेत्र पनि सुनसान जस्तै रहेका छन् । लकडाउनकै बेलामा मुलुकभर सबै प्रकारका व्यवसाय खुले पनि कारोबार भने शुन्य नै रहेको छ । यसरी व्यवसाय सञ्चालनमा आए पनि कारोबार नहुँदा अर्थतन्त्रमा समेत ठूलो असर पर्ने भएको छ ।

सरकारले पसल खोल्न दिए पनि आज भोलि पसल खोल्ने र बन्द गर्ने मात्रै काम भएको ब्यापारीहरु बताउँछन् लगातार पसल खोलेर दिन भरी बसेर एक रुपैयाँ पनि बोहोनी नै नभइ पसल बन्द गर्नु परेको उनीहरुको भनाइ छ ।

सामान किन्ने अवस्था छैन

‘अहिले को अवस्थामा अत्यावश्यक बाहेक सामान भन्दा अन्य सामान किन्ने अवस्था छैन । लकडाउनले गर्दा मानिसहरुसँग भएको पैसा पनि सकिएको छ । यति मात्रै नभएर पसलहरु खुले पनि सार्वजनिक सवारीसाधनहरु सञ्चालनमा नआउँदा मानिसहरु पसलसम्म आउने बातावरण छैन । अब सार्वजनिक यातायात सञ्चालनमा नआएसम्म कुनै पनि व्यापार खासै नहुने उनको भनाइ छ । तर, अहिले खाद्यान्न, किराना पसल, तरकारी पसल, फलफूल, मेडिकल पसलमा मानिसहरुको चाप देखिए पनि यी बाहेकका अन्य फेन्सी, इलेक्ट्रोनिक्स पसल, कपडा पसलमा मानिसहरु शुन्य रहेका छन् ।

लकडाउन जारी रहने तर पसल सञ्चालन गर्न नपाउँदा व्यवसायीहरुलाई कर्मचारी तथा घर भाडाको भार थपिदै गएकाले तथा सरकारले लकडाउन जारी राख्दा राख्दै कर तिर्नसमेत बाध्य बनाएको भन्दै पसल खोल्नु परेको छ । तर पसल खोलियो ग्राहक भन्दा पहिला घरधनि भाडा माग्न आउन समेत थालेको व्यवसायीहरुको गुनासो रहेको छ ।

‘जबसम्म यातायात खुल्दैनन्, तबसम्म व्यापारीले ग्राहक भेटाउँदैनन्

लकडाउनपछि खुलेको बजारले त ग्राहक नै पाएको छैन। बजार व्यवसाय खुला भए पनि ग्राहक भने बजारसम्म पुग्न सकेका छैनन्। यतिखेर अधिकांस मानिस ग्रामिण भेग तिरै भएकाले अरुबेला जस्तो भिडभाड त छैन त्यै पनि दिनानुदीन सर्वासाधारणको चाप बढ्दो क्रममा रहेको छ। कोरोना संक्रमितको संख्या दिनहुँ बढ्दै जानु र आम नागरिकमा कोरोना त्रास कायमै रहेकाले बजारमा ग्राहक आउन सकेका छैनन्। ‘जबसम्म यातायात खुल्दैनन्, तबसम्म व्यापारीले ग्राहक भेटाउँदैनन् र व्यापार बढ्दैन।’ अर्कोतर्फ लामो समयसम्म लकडाउनमा बसिरहँदा मानिससँग खर्च गर्ने क्षमता बिस्तारै कम हुँदै गएको अनुमान पनि गर्न सकिन्छ ।व्यवसाय सञ्चालन सहज बने पनि सेवाग्राही कुरेरै बित्छ दिन ब्यापारीहरुको दिन ।

राम्रै चलिरहेको व्यवसाय अहिले धरापमा

कोरोनाको सङक्रमण रोकथाम तथा नियन्त्रणको लागि विश्व नै लकडाउन हुनाले आर्थिक क्षेत्र तहसनहस भएको छ । लकडाउनले उद्योग, कलकारखाना, व्यापार व्यवसाय प्रायः ठप्प रहेका छन् । यसरी सबै आर्थिक क्षेत्र ठप्प हुँदा विश्व अर्थतन्त्र नै धरापमा परेको छ । कोरोना भाइरस (कोभिड–१९) को सङक्रमणले यतिबेला विश्वलाई आक्रान्त बनाएको छ । यसले गर्दा विश्वका अधिकांश मुलुक लकडाउनमा रहेका छन् ।

व्यवसाय सञ्चालन गर्न दिने भनेपछि व्यवसायी उत्साहित भएका थिए । तर अहिले ब्यापार नहुँदा उनीहरु निराश बनेका छन् ।काठमाडौंका व्यापारिक केन्द्र मानिने न्युरोड, असन, मखन, इन्द्रचोक, महाबौद्धका प्रायस् कपडा, मोबाइल, इलेक्ट्रोनिक्स, घडी, जुत्ता, चस्मा, मिठाई, शृंगारलगायतका पसल खुलेका छन् । लकडाउन अघिसम्म राम्रै चलिरहेको व्यवसाय अहिले धरापमा परेको  छ । कोभिड–१९ संक्रमण नफैलियोस् भनेर पसलबाहिर र सार्वजनिक स्थानमा समेत साबुनपानी, सेनिटाइजर राखिएको छ । पसल सञ्चालकहरुले पञ्जा र मास्क प्रयोग अनिवार्य गरिरहेका छन् । संक्रमण लाग्ने डर भएकाले सतर्कता अपनाएर पसल खोलिएको व्यवसायीको भनाइ छ ।कोरोना भाइरस नियन्त्रण तथा रोकथामका निम्ति विभिन्न देशहरुले जारी गरेको लकडाउनका कारण यतिबेला विश्व श्रम बजारमै रोजगारीको अवसर घटिरहेकाबेला नेपाल जस्तो सानो अर्थतन्त्र भएको मुलुकमा यसको प्रभाव अझै बढी पर्ने देखिन्छ ।

दिनानुदिन बढ्दै कोरोना

नेपालमा अहिले कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएको छ । दिनकै चार पाँच सयको हाराहारीमा संक्रमीत बढिरहेका छन् । केहि क्षेत्रलाई त सिल गर्न पनि गरिएको छ । संक्रमणको जोखिम न्यूनीकरण गर्नका लागि विभिन्न पालिकाले आफ्नो क्षेत्रलाई सिल गरेका हुन्।

प्रतिक्रिया दिनुहोस्