साधना लघुवित्तले असार २१ गतेदेखि आईपिओ बिक्री खुल्ला गर्ने
काठमाडौं, १२ असार । साधना लघुवित्तले असार २१ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुल्ला गर्ने भएको छ । यस लघुवित्तले प्रति कित्ता एक सय रुपैयाँका दरले ७ लाख ७ हजार ८ सय कित्ता आईपीओ निष्काशन गर्न लागेको हो ।
निष्काशन गरिने कुल शेयरमध्ये ०.५० प्रतिशत अर्थात १० हजार ८९० कित्ता कर्मचारीहरुको लागि र ५ प्रतिशत अर्थात ३५ हजार ३९० कित्ता शेयर सामूहिक लगानी कोषको लागि छुट्याई । बाँकी रहेको ६ लाख ६१ हजार ५२० कित्ता शेयर सर्वसाधारणहरुको लागि बिक्री गर्न लागेकोे हो ।
यस लघुवित्तको आईपीओमा असार २४ गतेसम्म छिटोमा आवेदन दिन सकिने छ त्यस्तै सो अवधि भित्रमा सबै शेयर बिक्री नभएको खण्डका ढिलोमा साउन ४ गतेसम्म आवेदन गर्न सकिने बिवरणमा उल्लेख गरेको छ ।
यस लघुवित्तको आइपीओलाई केयर रेटिङ नेपालले औषतभन्दा कम आधार जनाउने ग्रेड ४ प्लस रेटिङ दिएको छ ।
लघुवित्तको आईपीओमा न्यूूनतम १० कित्तादेखि एक हजार कित्तासम्म आवेदन दिन सकिनेछ । लघुवित्तको आईपीओ निष्काशन तथा बिक्रीको जिम्मेवारी ग्लोबल आईएमई क्यापिटलले लिएको छ ।
गोरखा जिल्लामा केद्रिय कार्यालय भएको यस लघुवित्तको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिन्छ । यसका साथै मेरो शेयरमार्फत पनि आवेदन दिन सकिनेछ ।
प्रतिक्रिया दिनुहोस्