देशका छ वटा महानगरले सार्वजनिक गर्यो बजेट, कुन महानगरको कति?
काठमाडौं , असार १० । देशका छ वटा महानगरले बुधबार बजेट सार्वजनिक गरेका छन्।आर्थिक वर्ष २०७७र०७८ का लागि सबैभन्दा ठूलो बजेट काठमाडौं महानगरले ल्याएको छ।
काठमाडौं महानगरपालिकाले १६ अर्ब ४२ करोड रूपैयाँको बजेट ल्याएको हो।उपमेयर हरिप्रभा खड्गीले सार्वजनिक गरेको बजेटमा गोष्ठी, तालिमलगायतका खर्च कटौती गरिएका छन्।
ललितपुर महानगरले चार अर्ब ७९ करोड १५ लाख ६२ हजार पाँच सय १५ रूपैयाँको बजेट ल्याएको छ।उक्त बजेट मेयर चिरिबाबु महर्जनले नगरसभामा सार्वजनिक गरे।
गण्डकी प्रदेशस्थित कास्कीको पोखरा महानगरले छ अर्ब १९ करोड रूपैयाँको बजेट सार्वजनिक गरेको छ। उपमेयर मञ्जु गुरूङले बजेट सार्वजनिक गरेकी हुन्।पर्सास्थित वीरगञ्ज महानगरले तीन अर्ब ८६ करोड ५१ लाख ९० हजार तीन सय ३५ रूपैयाँको बजेट प्रस्तुत गरेको छ।
वीरगञ्ज महानगरकी उपमेयर शान्ति कार्कीले उक्त बजेट सार्वजनिक गरेकी हुन्।प्रदेश नम्बर १ को मोरङस्थित विराटनगर महानगरले पनि बुधबार बजेट सार्वजनिक गरेको छ।
तीन अर्ब ३७ करोड ८१ लाख १० हजार रूपैयाँको बजेट उपमेयर ईन्दिरा कार्कीले सार्वजनिक गरिन्।चितवनको भरतपुर महानगरले र चार अर्ब १५ हरोड ६४ लाख ८९ हजार रूपैयाँको बजेट सार्वजनिक गरेको छ। उपमेयर पार्वती शाह ठकुरीले उक्त बजेट सार्वजनिक गरेकी थिइन्। बजेट कोरोनापछि रोजगारी सिर्जना गर्नमा केन्द्रीत छ।
उता कैलालीको टीकापुर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ७१ करोड १४ लाख ५६ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ।नगरपालिकाले कूल बजेटमध्ये चालुतर्फ ४५ करोड २४ लाख ११ हजार र पूँजीगततर्फ २५ करोड ८३ लाख ४४ हजार रुपैयाँ विनियोजन गरेको छ।
नगरपालिकाले कोभिड(१९ को संक्रमण रोकथाम एवम् उद्धारका लागि ५० लाख रुपैयाँ बजेट छुट्याएको छ। सातौं नगरसभामा आगामी आर्थिक वर्ष २०७७र७८ का लागि विनियोजन गरिएको बजेट प्रस्तुत गर्दै उपप्रमुख केशरी रावलले टीकापुर अस्पतालमा विशेषज्ञ तथा एनआइसीयू सेवा सञ्चालनका लागि ५० लाख ४० हजार तथा निःशुल्क रगत तथा सुत्केरीलाई घरदेखि अस्पतालसम्म सेवाका लागि दुई लाख रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिइन्।
नगरपालिकाले ुएक वडा एक गौरवको सडकु योजनाअन्तर्गत सडक कालोपत्रेका लागि सात करोड २० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ। त्यस्तै बाल विकास शिक्षिकालाई थप प्रोत्साहनका लागि १६ लाख ३२ हजार, सेनेटरी प्याड खरिदका लागि ५२ लाखसहित शिक्षा क्षेत्रमा २२ करोड ३९ लाख ५२ हजार रुपैयाँ विनियोजन गरिएको छ।
संवैधानिक व्यवस्था अनुसार देशका ७ सय ५३ वटै स्थानीय तहले आज बजेट ल्याएका हुन् ।यसअघि, संघीय सरकारले जेठ १५ गते तथा प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गरिसकेका छन् ।
कोरोना भाईरसको महामारीकाबीच ल्याएको बजेटले स्थानीय तहमा स्वास्थ्य सेवा सुधारलाई प्राथमिकतामा राख्ने बताईएको छ ।















प्रतिक्रिया दिनुहोस्