संसदमा नागरिकता विधेयकको विरोध, आन्दोलनको चेतावनी
काठमाडौं, असार ९ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसदहरुले संसदीय समितिबाट पारित भएको नागरिकता विधेयकको विरोध गरेका छन् ।
मधेश विरोधी निर्णय सरकारले गरेको उल्लेख गर्दै सांसदहरुले विधेयक नसाच्याए सदन र सडकबाट आन्दोलन सुरु हुने चेतावनी समेत दिएका छन् ।
२०६३ सालमा भएको सहमति अनुसार ६ महिनाभित्र अंगीकृत नागरिकता पाउने प्रवाधान राखिएपनि अहिले सरकारले सहमति उलंघन गरेर मधेशसँगको सम्बन्ध तोड्न खोजेको सांसद महेन्द्र राय यादवले बताए ।
संसदको विशेष समयमा बोल्दै उनले भने, ‘‘भारतसँग विशेष सम्बन्ध छ । रोटी बेटीको सम्बन्ध छ । ७ वर्षको समय तोकिएको छ । यसमा सरकारले गम्भिरताका साथ छलफल गरेर सहमतिको वातावरण बनाउन सकिन्छ । भएन भने सडकदेखि सदनसम्म आन्दोलनमा जाउ भन्न खोजेको हो रु नेपाल भारतसँगको सहमति तोड्न चाहान्छ । मधेशसँगको सम्बन्ध तोड्न चाहान्छ । मधेशमा आन्दोलनको संकेत देखिएको छ । यसको जिम्मेवारी सरकारले लिनुपर्छ ।’’
अर्का सांसद प्रदीप यादवले सरकारले मधेशमाथि ठूलो अन्याय गरेको बताए । भारतीय चेलीहरुका कारण कुन चाहिँ दुर्घटना भएर संसदीय समितिले यस्तो निर्णय ग¥यो भन्दै उनले प्रश्न गरे ।
सरकारले मधेशी जनतालाई टार्गेट गरेर मधेशको जमिन नेपालको तर जनता भारतीय भएको भन्ने महशुस गराएको उनले बताए ।
निर्णय मधेश विरोधी भएको उल्लेख गर्दै उनले निर्णय नसच्चिए सदन र सडकमा विद्रोह हुने चेतावनी दिए ।
प्रतिक्रिया दिनुहोस्