दरबारमार्गका ब्रान्डेड पसलहरुमा शिलबन्दी

काठमाडौं । खरिद मूल्यभन्दा कयौं गुणा बढी बिक्री मूल्य राखेर जुत्ता चप्पल लगायतका सामग्री बिक्री गर्दै आएका दरबारमार्गमा सञ्चालित चार ब्रान्डेड पसलमा आपूर्तिमन्त्री शिवकुमार मण्डलको नेतृत्वमा गएको सरकारी टोलीले सोमबार दिउँसो शिलबन्दी गरेको छ । नाइक, बेट्ली, पुमा, स्टोर वानका पसलमा शिलबन्दी गरेको हो ।

सामान्य बजारभाउभन्दा कयौं गुणा बढी अर्थात् १०० रुपैयाँ खरिद मूल्य भएको चप्पलको २५ सयमा बिक्री गर्दै आएको, २६ सय खरिद मूल्य रहेको जुत्ताको २६ हजारमा बिक्री गरेको तथा ९ सयदेखि २५ सय प्रतिशतसम्म नाफा खाएको भेटिएपछि आपूर्ति मन्त्रालयको आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले ती पसलहरुमा शिलबन्दी गरेको हो ।

प्रतिक्रिया दिनुहोस्