यस्ता छन् मुटु रोगका लक्षणहरू

काठमाडौं ।  डा. प्रकाशराज रेग्मी, मुटुरोग विशेषज्ञ

-मानसिक तनाव हुँदा वा शारीरिक परिश्रम गर्दा छातीको बीचभागमा वा मुटु भएको स्थानमा पीडा महसुस भएमा मुटुरोगको लक्षण हुन सक्छ ।

-पहिले दम–खोकीको समस्या भएका बिरामीको गोडा सुन्निएमा मुटुरोग लागेको हुन सक्छ ।

-घाँटीबाहिर दायाँ वा बायाँतर्फ रक्तनली फुलेको छ भने, मुटुभित्रको चाप बढ्यो भने, औँलाका टुप्पा, ओठ र जिब्रो नीलो देखियो भने पनि मुटुमा समस्या भएर हुन सक्छ ।

-औ“लाका टुप्पा बाक्ला र चाक्ला हुनु तथा नङको जरा मासुबाट बाहिर निस्किएर छालामुनि आएर बस्नु पनि मुटुरोगका लक्षण हुन् ।

-मुटुमा समस्या भए–नभएको मुटुको धड्कनबाट पनि मेसो पाउन सकिन्छ । एक मिनेटमा ६० देखि सय पटकसम्म मुटु धड्किनुपर्छ । धड्कन प्रतिमिनेट ४५ पटकभन्दा कम भयो भने मुटुमा खतरा भएको बुझ्नुपर्छ ।

-मुटु चल्दाचल्दै केहीबेर टक्क रोकिएको अनुभव भयो भने पनि मुटुमा समस्या भएको बुझ्नुपर्छ । त्यसो त मुटु छिटोछिटो दौडिएको अनुभव हुनु पनि मुटुमा समस्या आएको लक्षण हो ।

प्रतिक्रिया दिनुहोस्