राष्ट्रिय अखण्डताको विषयमा सरकारलाई सधैं समर्थन रहन्छ : देउवा

काठमाडौं , जेठ ३१ । प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले मलुकको सार्वभौमसत्ता र अखण्डताको पक्षमा राष्ट्रिय एकता कायम भएको बताएका छन् । सरकारले ल्याएको संविधान संशोधन विधेयक मुलुकको हितमा भएका कारण कांग्रेसले केन्द्रीय समिति र संसदीय दलले समर्थन गरेको उनले बताए ।

सरकारले ल्याएको संविधान संशोधन विधेयकको दफावार छलफलमा भाग लिँदै देउवाले मुलुकको अखण्डताको पक्षमा देखिएको राष्ट्रिय एकतालाई कायम गर्नुपर्ने बताए । अरु विषयमा आफू नबोल्ने भन्दै देउवाले राष्ट्रिय अखण्डताको विषयमा सरकारलाई सधैं समर्थन रहने प्रष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्