कांग्रेसले बोलायो संसदीय दलको बैठक, यस्तो छ कार्यसूची
काठमाडौं , जेठ ३१ । नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दै छ । संविधान संशोधन विधेयक आज संसदबाट पारित गर्न लागिएकाले कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो ।
दिउँसो साढे १२ बजे संसद भवन नयाँबानेश्वरको ल्होत्से हलमा बैठक बस्ने छ । सो बैठकमा कांग्रेसले आफ्ना सांसदलाई संविधान संशोधनको पक्षमा उभिन निर्देशन जारी गर्ने नेताहरुले बताएका छन् ।
हालसम्म संसदका सबै राजनीतिक दल संविधान संशोधनको पक्षमा उभिएका छन् । उनीहरुले लिम्पियाधुरा, कालापानी, लिपुलेकसहितसहितको भूभाग समेटेर नयाँ नक्सा जारी गरेकोमा स्वागत गरेका छन् ।
नयाँ नक्सालाई नेपालको निशानछापमा अध्यावधिक गर्न संविधान संशोधन गरिँदैछ । संविधान संशोधन विधेयक आजको संसद बैठकबाट पारित गर्ने कार्यसूची छ ।
प्रतिक्रिया दिनुहोस्