लागूऔषधसहित २ जना पक्राउ

काठमाडौं। जेठ २८ । इलाका प्रहरी कार्यालय अमानिगन्ज नवलपरासीले ठुलो मात्रा लागुऔषधसहित दुईजनालाई पक्राउ गरेको छ। गस्तीमा खटिएको प्रहरी टोलीले जिल्लाको पाल्हिनन्दन गाउँपालिका २ मुडेराबाट लागू औषध सहित दुइजनालाई पक्राउ गरि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय नवलपरासीलाई बुझाएको छ।

पक्राउ पर्नेमा रामग्राम नगरपालिका ७ उजैनी बस्ने ४१ वर्षीय चन्द्रीका राठौर र सोही ठाउँ बस्ने २१ वर्षीय अजय राठौर रहेकोे प्रहरीले जनाएको छ। उनीहरुको साथबाट फेनरागन २३८ एम्पुल, डाइजोपाम १५८ एम्पुल, नुफ्रीन १९६ एम्पुल गरि कुल ५९२ एम्पुल लागू औषध बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीले उनीहरु चढेको लु १३ प ४३६५ नम्बरको मोटरसाइकल पनि नियन्त्रणमा लिइ अनुसन्धान थालेको छ। दशगजा छेत्रबाट परासीतर्फ आइरहेको देखेर प्रहरीले शंकाको आधारमा चेक गर्दा उनीको साथबाट सो लागुऔषध फेला पारेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्