बजेट प्रतिनिधिसभाबाट बहुमतले पारित
काठमाडौं , जेठ २८ । आगामी आर्थिक वर्ष २०७७र०७८ का लागि सरकारले पेश गरेको ९विनियोजन विधेयक० बजेट प्रतिनिधिसभाबाट बहुमतले पारित भएको छ ।
जेठ १५ गते संघीय संसदको संयुक्त बैठकमा अर्थमन्त्री डा। युवराज खतिवडाले आगामी आर्थिक वर्ष लागि १४ खर्ब ७४ करोड ६४ करोडको बजेट पेश गरेका थिए ।
उक्त बजेटलाई बुधबार अर्थमन्त्री खतिवडाले पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । जसलाई प्रतिनिधिसभाले बहुमतले पारित गरेको हो । बजेटको पक्षमा सत्तारुढ नेकपा सांसदले मात्र मत दिए ।
कोरोना भाइरसको महामारीका कारण आगामी आर्थिक बर्षको लागि बजेटको आकार घटेको छ । चालु आर्थिक वर्ष २०७६÷७७ का लागि सरकारले १५ खर्ब ३२ अर्बको ९६ करोड रुपैयाँको बजेट ल्याएको थियो ।
प्रतिनिधि सभाबाट बहुमतले पारित भएको बजेट राष्ट्रिय सभाले पनि पारित गर्नुपर्ने हुन्छ । राष्ट्रियसभामा प्रतिननिधि सभामा जस्तै मन्त्रालयगत शीर्षकमाथि छलफल हुनेछ । सम्बन्धित मन्त्रीले जवाफ दिएपछि बजेट पारित गर्नेछ ।
संघीय संसदका दुबै सदनबाट पारित भएपछि नयाँ आर्थिक वर्षबाट बजेट खर्च गर्न सरकारलाई बाटो खुल्नेछ ।
यससँगै सरकारले संसदमा पेस गरेको आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक ऋण तथा जमानत सम्बन्धी आश्रित विधेयक पारित गरेर प्रतिनिधि सभाले राष्ट्रिय सभामा पठाउन्छ । राष्ट्रिय सभाले पनि पारित गरेपछि बजेट पूर्ण रुपमा पारित भएको मनिन्छ ।















प्रतिक्रिया दिनुहोस्