१० अर्ब कहाँ खर्च भयो ? एक-एक हिसाब चाहिन्छः गगन थापा
काठमाडौं , जेठ २७ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कोरोना नियन्त्रण तथा रोकथाममा भएका सम्पूर्ण खर्चको सदनलाई जानकारी गराउन सरकारसँग माग गरेको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै कांग्रेसका सांसद गगन थापाले कोरोना नियन्त्रणका लागि भएको भनिएको १० अर्ब खर्चको एक एक हिसाब सदनलाई जानकारी गराउन माग गरे ।
उनले दम्भ र भ्रष्टाचारमा लिप्त सरकारले जनता र मुलुकलाई कोरोना मुक्त बनाउन नसक्ने दाबी गरे । उनले भने, “यो सरकारले कोरोनाको लडाईबाट हामीलाई पार लगाउन सक्दैन । अब हामी सहयोग गर्छौं भनेर मात्रै बस्दैनौं । अब हामी प्रश्न गर्छौ । उत्तर चाहन्छौं र सरकारलाई जवाफदेही बनाएर छाड्छौं । हामीलाई अब उत्तर चाहिन्छ सम्माननीय सभामुख महोदय । १० अर्ब रुपैया खर्च कहाँ भयो रु हामीलाई यसको उत्तर चाहिन्छ । हामीलाई एक एक कुराको हिसाबकिताब चाहिन्छ । यस्तो राष्ट्रिय विपत्तिको बेलामा भ्रष्टाचारमा लिप्त हुने यो र्निलज्जताको पराकाष्ट हो । हामीलाई हिसाब चाहिन्छ । ”
उनले प्रतिनिधिसभामा आफुहरुले माग देखि नै कोरोना संक्रमण फैलिन नदिन अपनाउनुपर्ने सतर्कताकाबारे आवाज उठाउँदै आए पनि सरकारले नसुनेको भन्दौ आक्रोश पोखे । उनले भने, “न हाम्रो सुन्यो , न अदालतको सुन्यो , न प्रेसको सुन्यो , न नागरिकको सुन्यो । कसैको सुनेन । नसुन्दै गर्दा नियन्त्रणमै रहेर पनि आज हाम्रो अवस्था यस्तो भएको छ । यसको दोष कस्को रु के कानुनले गर्दा रोकेको हो रु के ढुकुटीमा पैसा नभएर रोकिएको हो रु के कांग्रेसले रोकेको हो रु कि अदालतले रोकेको हो ? कस्ले रोकेको हो ? यो रोकेको केबल सबै कुरा म जान्दछु भन्ने प्रधानमन्त्रीको अंहकारले रोकेको हो । सरकारको अर्कमण्डयताले रोकेको हो । सरकारको असक्षमताको कारणले गर्दा आज हामीले यो अवस्था व्यहोर्नु परेको छ । ”
उनले क्वारेन्टाइनको व्यवस्थापन राम्रो हुन नसकेकोमा आपत्ति जनाउँदै प्रश्न गरे । “यो क्वारेन्टाइन हो कि मान्छे मार्ने कन्सन्ट्रेशन क्याम्प हो रु हामीलाई यसको जवाफ चाहिन्छ । ” उनले कोरोनबाट मृत्यु भएकाको तथ्यांक संकलन तथा सो क्रममा विभिन्न कारणले ज्यान गुमाउनु परेकाको सरकारले सम्बोधन नगरेकोमा आक्रोेश पोखे ।
अदालत, संसद, विज्ञ सबैले पीसीआर परीक्षणको दायरा बढाउन भनेपनि सरकारले वेवास्ता गरेको, सुदुर पश्चिममा स्वाव संकलन रोकिएको , प्रदेश २ मा परीक्षणको रिपोर्ट आउन ढिलाई भइरहँदा सरकारले क्वारेन्टाइनमा बसेका र मरेका व्यक्तिको कोरोना परीक्षण नगर्ने मापदण्ड बनाएको भन्दै उनले आपत्ति जनाए ।
विज्ञहरुसँगै स्वास्थ्य मन्त्रालयले आरडीटी परीक्षण काम लाग्दैन भन्दा भन्दै सरकारले आरडिटी परीक्षणलाई जारी राखेकोमा पनि उनले आपत्ति जनाए । सांसद थापाले भने, “न यो विश्वसनिय छ रु न नेपालको संक्रमणको अवस्थामा यसको औचित्य छ । तर जबरजस्ती आरडिटी परीक्षण गर्ने यो अपराधको जिम्मा कसले लिन्छ रु हामीलाई जवाफ चाहिन्छ । मृत्यु भइसकेका मान्छेको स्वाव परीक्षण नगर्ने कस्ले भन्यो हामीलाई जवाफ चाहिन्छ । ”
उनले अस्पतालको तयारी, संक्रमित बढ्दै गर्दा कुन अस्पतालमा कति सामग्री थपियो, कति जनशक्ति थपियो भन्ने बारे पनि सरकारले जानकारी गराउनुपर्ने माग गरे । उनले विदेशबाट ल्याउने भनिएको नेपाली नागरिक, कोरोना भन्दा बाहेक अन्य विरामीको उपचारको व्यवस्थामा सरकार गम्भीर हुन नसकेको दाबी गरे । उनले अब कांग्रेसले प्रश्न मात्रै सोधेर नबस्ने भन्दै सबैको उत्तर दिनका लागि तयार हुन सरकारलाई चेतावनी दिए ।
प्रतिक्रिया दिनुहोस्