अब सेयर बजार खुलाउनु पर्छ : अर्थमन्त्री
काठमाडौं , जेठ २५ । अर्थमन्त्री डा। युवराज खतिवडाले सेयर बजार अब खुलाउनु पर्ने बताएका छन् । नेपाल धितोपत्र बोर्डको वार्षिकोत्स कार्यक्रमलाई सम्वोधन गर्दै अर्थमन्त्री खतिवडाले सेयर बजारलाई लामो समय बन्धक बनाउन नहुने तर्क गरे ।
उनले उच्च सुरक्षा सतर्कता अपनाएर बजार खुलाउनु पर्ने बताए । लकडाउन हुनु अगावै बन्द भएको सेयर बजार लकडाउनकै बिचमा केहि दिन खुले पनि लगानीकर्ताहरुको तीव्र विरोध पछि बन्द भएको थियो ।
अहिले पुनः लगानीकर्ताहरुले लामो समय पुँजी होल्ड भएको भन्दै बजार खुलाउनु पर्ने बताउदै आएका छन् । आइतबार अर्थमन्त्री खतिवडाले पनि बजार खुलाउनु पर्ने आफ्नो धारणा राखेका हुन् ।
‘
प्रतिक्रिया दिनुहोस्