‘सबैले एकै थर लेखौं,’ ‘म पनि बाबुराम भट्टराई ‘कामी’ लेख्छुु’

काठमाडौं , जेठ १८ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले नेपालमा रहेको कथित जातीय छुवाछुतको अन्त्य गर्न सबैजनाले एकै थर लेख्‍नुपर्ने औंल्याएका छन् । आइतवार प्रतिनिधिसभामा भएको छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन्। श्रमिक र सिल्पी दलित समुदायलाई हेपेर, अपमानित गरेर देश अघि नबढ्ने भन्दै उनले यस्तो औंल्याए ।

श्रम गर्नेलाई हेपेर दलित भनेर हुन्छ ?। अहिले पनि जातीय छुवाछुतका आधारमा यसरी प्रताडित गर्न पाइन्छ? , उनले सोधे, बरु यो छुवाछुत प्रथा हटाउन सबैले एकै थर लेखौं। म पनि बरु बाबुराम भट्टराई कामी भनेर लेख्‍न तयार छु। सबैले थर एकै लेखौं।उनले रुकुममा जातीय विभेदका नाममा गरिएको पाँच युवकको हत्यालाई प्रतिक्रान्तिको संज्ञा दिए।

पछिल्लो समय रुकुममा भएको घटनाले अहिले जातियताको रुपमा लीएको छ। दलित समुदायले यसका विरुद्ध आन्दोलन पनि गरिरहेका छन् ।अन्तरजातीय विवाहको विवादमा ६ जनाको ज्यान जानेगरी रुकुम पश्चिमको सोतीमा भएको घटनाको अनुसन्धानको लागि राष्ट्रिय मानव अधिकार आयोगको टोली रुकुम र जाजरकोट प्रस्थान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्