अब उद्योग व्यवसाय खोल्नुपर्छः चन्द्र ढकाल

काठमाडौं, जेठ १७ । नेपाल उद्योग वाणिज्य महासंघ उपाध्यक्ष चन्द्र ढकालले अब उच्च सुरक्षा सतर्कता अपनाएर उद्योग-व्यवसायहरु सञ्चालनमा ल्याउनुपर्ने बताएका छन् । मुलुकको अर्थतन्त्रलाई चलायमान बनाइराख्न पनि अब सधैं उद्योग-व्यवसाय बन्द गर्न नहुने उनको भनाइ छ ।

तर, स्वास्थ्य सतर्कता भने उच्च अपनाउनुपर्ने उनले बताए । स्वास्थ्यको विषयमा सबैले गम्भीर हुनुपर्ने भन्दै उनले आवश्यक सुरक्षा सावधानी अपनाएर अब अर्थतन्त्रलाई चलायमान बनाउनुतर्फ सोच्नुपर्ने उनले बताए ।

साथै उनले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटका बारेमा बोल्दै बजेट औसत खालको आएको उल्लेख गरे । बजेटले निजी क्षेत्रका केही मागहरु सम्वोधन गर्न खोजेको भए पनि सबै अपेक्षाहरु भने पुरा गर्न नसकेको उनको भनाइरहेको थियो ।

केही कर छुटका योजनाहरु सरकारले ल्याएको भन्दै उनले त्यसालाई सकारात्मक रुपमा आफूले लिएको बताए । तर कर छुटमात्रै नभई उद्योग(व्यवसायलाई बचाउनेतर्फ ध्यान दिनुपर्ने बताए । कोभिड(१९ को महामारीका बेला भएकाले आफूले बजेटबाट धेरै अपेक्षा गर्न भने नसकिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्