पहिलो एक्सन प्रदान’चौतारी विसौनी’ म्युजिक भिडियो सावर्जनिक

काठकाडौैं, १९ भदौ । युवा निर्देशक सिर्जन बराले निर्देशनमा चौतारी विसौनी’ बोलको म्युजिक भिडियो सावर्जनिक भएको छ । म्युजिक भिडियोको क्षेत्रमा पहिलो पटक एक्सन प्रदान म्युजिक भिडियो चौतारी विसाउनीको म्युजिक भिडियो शुक्रवार सार्वजानिक गरिएको हो ।

म्युजिक भिडियोको स्वयम निर्देश सिर्जन बरालले नै खतरनाक एक्सन देखाएका छन्।उनले एक्सन प्रदान म्युजिक भिडियो चौतारी विसाउनी निर्देशन गरेर आफुलाई एक्सन स्टार निर्देशकको रुपमा आफुलाई चिनाएका छन् ।

यस भन्दा अघि पनि कैयौ चर्चित म्युजिक भिडियोको निर्देशन गरेका निर्देशक बरालले अब भने एक्सन स्टार निर्देशकको रुपमा समेत आफुलाई उभ्याएका छन्। आगामी दिनमा पनि आफुले भिडियोमा सधै चुनौती मोलेरै भएपनि अरुले भन्दा नयाँ प्रयोग पस्किने बरालले बताए ।

सिर्जन बुढाथोकीको शब्द, चन्दन ओलीको लय रहेको गितमा चन्दन ओली र टिका पुनले स्वर दिएका छन् । गितको छायाँकन रेशम दर्लामीले गरेका हुन् ।

भिडियोमा अभिनय नृत्यमा सिर्जन बराललाई चर्चित मोडल निरुता शाही ठकुरीले साथ दिएकी छिन । भिडियोलाई सारदा म्युजिक प्रालीले बजारमा ल्याएको हो । यो म्युकि भिडियोले दर्शको मनजित्ने विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्