शिक्षाका लागि १ खर्ब ७१ अर्ब , खेलकुदका लागि दुई अर्ब ३६ करोड विनियोजन

काठमाडौं, जेठ १५ । सरकारले शिक्षा क्षेत्रका लागि १ खर्ब ७१ अर्ब बजेट विनियोजन गरेको छ ।निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउन २ अर्ब ७६ करोड दिइने बजेट भाषणमा भनिएको छ । विश्व विद्यालय अनुदान अयोगमार्फत दिइने अनुदानका लागि १७ अर्ब ४३ करोड छुट्याइएको छ ।

सामुदायिक विद्यालयमा कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीलाई विद्यालयमा टिकाइ राख्‍न दिवा खाजा कार्यक्रमका लागि ७ अर्ब ५२ करोड विनियोजन गरिएको छ । यसबाट २८ लाख बालबालिका लाभान्वित हुनेछन् ।

मनभण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको पूर्वाधार निर्माण र शैक्षिक कार्यक्रम सुरु गर्न १ अर्ब २५ करोड बजेट बिनियोजन भएको छ । यसैगरी राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि ६ अर्ब बजेट विनियोजन भएको छ ।

खेलकुदका लागि दुई अर्ब ३६ करोड विनियोजन
सरकारले युवा तथा खेलकुद मन्त्रालयलाई २ अर्ब ३६ करोड रकम विनियोजन गरेको छ ।

बिहीबार अर्थमन्त्री युवराज खतिवडाले अर्थिक वर्ष ०७७र७८ को बजेट प्रस्तुत गर्दै युवा तथा खेलकुद मन्त्रालयका लागि २ अर्ब २६ करोड रकम विनियोजन गरेको जनाएको छ ।

स्थानीय, प्रादेशिक र राष्ट्रिय स्तरमा सुविधा सम्पन्न खेलकुद पूर्वाधारको निर्माण तथा स्तरोन्नतीको कार्यलाई सुरु गर्न आवश्‍यक रकम विनियोन गरिएको छ । सबै स्थानीय तहमा खेलग्रामको विकास गर्ने कार्यक्रमलाई जोड दिएको छ । नवौं राष्ट्रिय खेलकुदका लागि खेलकुद पूर्वाधारको कमी भएको कर्णली प्रदेशमा राष्ट्रिय स्तरको खेलकुद प्रतियोगिता सञ्‍चालन हुन सक्नेगरी उच्च पर्वतीय तालिम केन्द्र स्थापना गर्ने र थप कभर्ड हल निर्माण गरिनेछ । कार्यलाई अघि बढाइने बताइएको छ ।

यसै पनि कम हुने युवा तथा खेलकुद मन्त्रालयको बजेट युवा परिषद्, स्काउट, राष्ट्रिय खेलकुद परिषद्, मन्त्रालय र युवा स्वरोजगार कार्यक्रम गरी चार शीर्षकमा विभाजन हुनेछ । तर, बजेटको ठूलो हिस्सा भने राष्ट्रिय खेलकुद परिषद्ले पाउनेछ ।

प्रतिक्रिया दिनुहोस्