विद्यार्थीको छात्रवृत्तिका लागि २ अर्ब २६ करोड बजेट विनियोजन, अबदेखि भारतीय नागरिकलाई नेपालमा श्रम स्वीकृत अनिवार्य
काठमाडौं, जेठ १५ । सरकारले विद्यार्थीको छात्रवृत्तिका लागि २ अर्ब २६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। माध्यामिक तहसम्मका विद्यार्थीलाई छात्रवृत्ति दिने गरी यो बजेट विनियोजन भएको छ।
सरकारले २६ लाख विद्यार्थीलाई यो रकम उपलब्ध गराइने अर्थमन्त्री डा युवराज खतिवडाले घोषणा गरेका हुन्।
अबदेखि भारतीय नागरिकलाई नेपालमा श्रम स्वीकृत अनिवार्य
सरकारले बजेट भाषणमार्फत सबै विदेशी नागरिकलाई नेपालमा श्रम स्वीकृत अनिवार्य गर्ने घोषणा गरेको छ । अर्थमन्त्री डा। युवराज खतिवडाले आर्थिक वर्ष २०७७–०७८ को वार्षिक बजेटमा यस्तो घोषणा गरेका हुन् ।
यस घोषणा कार्यान्वयन भएमा नेपालमा निर्वाध रुपमा काम गरिरहेका लाखौं भारतीय नागरिक प्रभावित हुनेछन् । भारतले नेपालबाट वार्षिक औसतमा ४ खर्बभन्दा बढी रेमिट्यान्स लैजाने गरेको छ ।















प्रतिक्रिया दिनुहोस्