बैंक तथा वित्तीय संस्थाहरुलाई एक आपसमा गाभ्न प्रोत्साहन गरिने, भूमिबैंक स्थापना : ५० करोड विनियोजन
काठमाडौं, जेठ १५ । बैंक तथा वित्तीय संस्थाहरुलाई एक आपसमा गाभ्न प्रोत्साहन गरिने भएको छ छ।
यस्तै सरकारले भूमि बैंकमा सेयर लगानी गर्न ५० करोड बजेट विनियोजन गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले संघीय संसदको संयुक्त सदनमा आर्थिक वर्ष २०७७र०७८ को बजेट प्रस्तुत गर्दै भूमि बैंक स्थापना गर्ने र त्यसमा सेयर लगानी गर्न बजेट विनियोजन गर्ने बताए ।
जस अनुसार आगामी आर्थिक वर्षमा ३०० स्थानीय तहमा भूमि बैंक स्थापना गर्ने योजना रहेको उनले बताए ।
स्थानीय तहमा स्थापना भएको भूमि बैंक लिजमा लगाउने र त्यस्ता कृषकलाई कृषि सामग्रीमा सहुलियत दिने उनले बताए ।















प्रतिक्रिया दिनुहोस्