प्रधानमन्त्री रोजगार कार्यक्रमलाई ११ अर्ब ६० करोड बजेट, थप दुई लाख रोजगारी सिर्जना गरिने

काठमाडौं , जेठ १५ । अर्थमन्त्री युवराज खतिवडाले प्रधानमन्त्री रोजगार कार्यक्रमलाई ११ अर्ब ६० करोड बजेट छुट्टयाएको बताएका छन् । उनले थप दुई लाख रोजगारी सिर्जना गर्ने लक्ष्य प्रस्तुत गरेका छन् ।

आगामी आर्थिक वर्षको बजेट वक्तव्य प्रस्तुत गर्दै उनले कृषि घरेलु साना मझौला उत्पादनमूलक होटल पर्यटनलाई ५ प्रतिशतसम्म ब्याजमा ऋण दिन १ खर्बको पुनर्कर्जा कोष स्थापना गर्ने घोषणा पनि गरेका छन् ।

संघ र प्रदेशमा सीप विकास तालिम चलाउने तालिम लिएकालाइ ५० हजार रोजगार र उद्यमी सिर्जना गर्न १ अर्ब बजेट छुट्टयाएको उनले बताएका छन् ।

७५ हजारलाई तालिम दिन ४ अर्ब ३४ करोड बजेट

अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक बर्षमा ७५ हजार जनशक्तिलाई तालिम दिन ४ अर्ब ३४ करोड बजेट विनियोजन गरेको बताएका छन् ।
यसबाट कोरोनाबाट रोजगारी गुमाएका र बैदेशिक रोजगारीबाट फर्किएकाले रोजगारी पाउने अपेक्षा लिएको बजेट भाषणका क्रममा उनले बताए ।

प्रतिक्रिया दिनुहोस्