संघीय संसदमा अर्थमन्त्री खतिवडाद्वारा बजेट प्रस्तुत हुँदै
काठमाडौं, जेठ १५ । सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट संघीय संसदमा प्रस्तुत गरेको छ।अहिले अर्थमन्त्री डा युवराज खतिवडाले संघीय संसदमा आगामी आर्थिक वर्ष २०७७र७८ को बजेट प्रस्तुत गरिरहेका छन् ।
सरकारले यो वर्षको बजेटमा कृषि, रोजगारी र उत्पादनलाई प्राथमिकतामा राखेर बजेट तयार पारेको छ ।
संवैधानिक व्यवस्था अनुसार प्रत्येक वर्ष जेठ १५ गते नयाँ आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने प्रावधान अनुसार आज बजेट प्रस्तुत गरिएको हो ।
अर्थमन्त्रीले बजेटमा उच्च अंकको आर्थिक वृद्धि लक्ष्यसहित नयाँ बजेट प्रस्तुत गर्नेछन् ।















प्रतिक्रिया दिनुहोस्