मन्त्रिपरिषद् द्वारा नयाँ बजेट पारित

काठमाण्डौ , जेठ १५ । मन्त्रिपरिषद्ले आर्थिक वर्ष २०७७/७८ को बजेट पारित गरेको छ । दिउँसो दुई बजे प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले बजेट पारित गरेको हो ।

बजेट संसदमा पेस गर्नुअघि राष्ट्रिय योजना आयोग र मन्त्रिपरिषद्ले पारित गर्नुपर्छ । मन्त्रिपरिषद्को बैठकअघि बालुवाटारमै योजना आयोगको बैठकले बजेट पारित गरिसकेको छ ।

योजना आयोगको अध्यक्ष प्रधानमन्त्री रहने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्