स्वास्थ्य मन्त्रालयले भन्यो – मृतक र संक्रमित दुवैको संख्या बढ्दैछ, सावधानी अपनाऔं

काठमाडौं , जेठ १५ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमणबाट मृतकको संख्या र संक्रमितको संख्या दुुवै बढ्दै गएको भन्दै सावधानी अपनाउन सवैलाई आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले पछिल्लो अपडेटबारे जानकारी गराउदै मृतकको संख्या ५ पुगेको र संक्रमितको संख्या एकहजार ४२ पुगेको जानकारी दिए । उनका अनुसार पछिल्लो २४ घण्टामा १५६ संक्रमित थपिएका छन् । हालसम्म ५१ जिल्लामा संक्रमण फैलिसकेको छ ।

पछिल्लो पटक कोरोना संक्रमणबाट ललितपुर बुंगमतिका ५६ बर्षिय पूरुषको जेठ १४ गते मृत्यु भएको थियो । मन्त्रालयले यस विषम परिस्थितिमा थप सजगता र आफ्ना कार्यहरु गतिशिल बनाउनुपर्ने भएकाले सवैलाई सहयोग गर्न आह्वान गरेको छ ।

मन्त्रालयले अझै चुनौती बेहोर्नुपर्ने भएकाले विशेषगरी दीर्घरोगीहरु लगायतलाई आ–आफ्नो स्थानबाट सहयोग गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्