आर्थिक वृद्धिदर २.३ प्रतिशतमा झर्ने

काठमाडौं, जेठ १३ । चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा झर्ने अर्थमन्त्री डा. युवराज खतिवडाले बताएका छन् ।

खतिवडाले संसदमा आर्थिक सर्वेक्षण प्रतिवेदन सार्वजनिक गर्दै चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २.३ प्रतिशत रहने अनुमान सुनाएका हुन् ।

यसअघि सरकारकै एउटा निकायले चालु आर्थिक वर्ष आर्थिक बृद्धिदर २.२७ प्रतिशत हुने भनेको थियो । सरकारले चालु आर्थिक वर्षको बजेटले आर्थिक वृद्धिदर ८.५ प्रतिशतको लक्ष्य राखेको थियो ।

प्रतिक्रिया दिनुहोस्