प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक , यी विषयमा हुनेछ छलफल

काठमाडौं, जेठ १३ । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक डाकेका छन् । साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।

आजको बैठकमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका प्रमुखहरुलाई बोलाइएको छ । बैठकमा संविधान संशोधन तथा कोरोना महामारी नियन्त्रण बारेमा छलफल हुनेछ ।

हालै सरकारले लिम्पियाधुरासहितको नक्सा जारी गरेको छ भने सो नक्सालाई आधिकारिकता दिन संविधान संशोधन प्रस्ताव दर्ता भएको छ । यस्तै कोरोना नियन्त्रणका लागि राष्ट्रिय सहमति बनाएर अघि बढ्नुपर्ने आवाजहरू पनि उठिरहेका छन् ।

यसअघि वैशाख ३१ गते सर्वदलीय बैठक बसेको थियो ।

प्रतिक्रिया दिनुहोस्