प्रकाशमान सिंह भन्छन् – अतिक्रमित भूमि रक्षा गर्न एकढिक्का भएर लागौं
काठमाडौं, जेठ १३ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवं सांसद प्रकाशमान सिंहले अतिक्रमित नेपालका भूमि रक्षा गर्न एकढिक्का भएर लाग्नुपर्ने बताएका छन्।
आफ्नो भूमि रक्षाको पक्षमा देश एकढिक्का भएका बेला राष्ट्रियतालाई बलियो बनाउन सिंहको आग्रह छ।
नेपाल प्रेस युनियनको स्थापना दिवसका अवसरमा मंगलबार विज्ञप्ति निकालेर सिंहले कोरोना कहरमा पेशागत धर्म निर्वाह गरिरहेका पत्रकारलाई सुरक्षित भएर काम गर्न पनि आग्रह गरेका छन्।
लोकतन्त्र र जनताका हक अधिकारसहित बलिदानबाट प्राप्त परिवर्तनका उपलब्धीमाथि विभिन्न कोणबाट प्रहार भएको पनि सिंहको भनाइ छ।
सबैखाले जटिलतालाई नेपालीको एकता र सहकार्यले मात्रै परास्त गर्न सकिने सिंहले बताएका छन्।
प्रतिक्रिया दिनुहोस्