रेमिट्यान्समा राष्ट्र बैंकको सहजीकरण , गर्यो यस्तो सहजता
काठमाडौं , जेठ १३ । विदेशमा काम गर्ने नेपालीको तलब कम्पनीले नै पठाइदिन मिल्ने व्यवस्थालाई राष्ट्र बैंकले कोभिड १९ अवधिका लागि सहज बनाएको छ । राष्ट्र बैंकले विदेशमा रहेका नेपाली कामदारले नेपालमा पठाउने रेमिट्यान्सको सीमाको बढाएका हो भने रेमिट्यान्स पठाउने प्रक्रियालाई सहज बनाएको छ ।
हाल वैदेशिक रोजगारीमा रहेका नेपालीले आफूले चाहेको व्यक्तिका नाममा रेमिट्यान्स एजेन्सीमार्फत पठाउन सक्ने व्यवस्था थियो । त्यस्तै कम्पनीमार्फत् पठाउँदा १० जनाले प्रतिदिन १० लाखसम्म पठाउन सक्ने सीमा तोकिएको थियो ।
राष्ट्र बैंकले उक्त व्यवस्थालाई अस्थायी रूपमा परिमार्जन गर्दै कोभिड १९ को अवधिमा कम्पनीले एक कर्मचारीको विप्रेषण एक दिनमा १५ सय डलरबराबर पठाउन सक्ने व्यवस्था गरेको छ । यसअघि एकजना भन्दा बढी व्यक्तिको रकम नेपाल विप्रेषण गरिदिँदा विभिन्न झमेला बेहाुर्नपर्ने भएकाले कोभिड अवधिभर त्यसलाई सहजीकरण गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसले विदेशमा रहने नेपालीले १५ सय डलरसम्म कार्यरत कम्पनीमार्फत् नै नेपालमा पैसा पठाउन सक्ने भएका छन् ।
राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले जारी गरेको सूचनाअनुसार विश्वका विभिन्न देशमाा रहेका नेपाली कामदार कार्यरत कम्पनी तथा त्यस देशमा रहेका बैंकको सहकार्यमा खातामा पारिश्रमिक जम्मा गरिदिने र कम्पनीको प्रतिनिधिको अनुरोधमा कामदारले तोकेको हितधिकारीको नाममा भुक्तानी हुने गरी रकम नेपाल पठाउन पाइनेछ । सूचनामा भनिएको छ, “यस व्यवस्थाअन्तर्गत कारोबार गर्ने रकमको सीमा प्रतिदिन प्रतिपटक प्रतिव्यक्ति अधिकतम १५ सय अमेरिकी डलर हुनुपर्नेछ ।”
यसरी रकम पठाउँदा एएमएल र सिएफटी को विद्यमान व्यवस्था पूर्ण पालन गरेको हुनुपर्ने सूचनामा उल्लेख छ । सूचनामा भनिएको छ, “यसरी रेमिट्यान्स पठाउँदा अस्वभाविक करोबार भएको पाइएमा तत्काल कारोबार बन्द गरी बैंकलाई जानकारी गराउनुपर्नेछ ।” विप्रेषण रकम तथा कमिसन विदेशी मुद्रामै प्राप्त गर्नुपर्ने सूचनामा उल्लेख छ ।















प्रतिक्रिया दिनुहोस्