नेकपा सचिवालय बैठक बस्दै, एमसीसीबारे छलफल हुने

काठमाडौं , जेठ १० । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक आज केहिबेरमा बस्ने तयारी भइरहेको छ।बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ३ बजेपछि बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताएका छन् ।

बैठकमा बजेट, नेपालको नक्सा जारी गरेपछिको अवस्था र एमसीसीबारे छलफल हुने नेताहरुले बताएका छन् । सरकारले आगामी जेठ १५ गते बजेट ल्याउँदैछ ।

त्यसअघि संविधान संशोधनका लागि सरकारले प्रस्ताव पेश गरिसकेको छ । उता, नेकपाभित्र विवादको विषय बनेको अमेरिकी आर्थिक सहयोग रकम एमसीसीबारे पनि छलफल हुन सकेको छैन । तर सरकारले पार्टीमा छलफल र सहमति संशोधन नगरी एमसीसीका कार्यक्रम नीति तथा कार्यक्रममा घुसाएको भन्दै विरोध हुदै आएको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठले एमसीसीबारे पनि छलफल हुने रातोपाटीलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्