भारतले गर्यो अलपत्र २० हजार भारतीयको उद्धार

काठमाडौं, जेठ ८ । । भारतका केन्द्रीय उड्‍डयन मन्त्री हरदीप पुरीले नोभेल कोरोना भाइरस नियन्त्रणका लागि जारी गरेको लकडाउनका कारण विभिन्‍न मुलुकमा अलपत्र परेका २० हजार भारतीयको उद्धार गरेको बताएका छन् ।

उनले भने, बन्दे भारत अभियानको दोस्रो साता उद्धार गरिने नागरिकको संख्यामा वृद्धि गर्‍यौं । जसलाई दुई गुणाभन्दा बढी गरिएको छ । हामी मानिसहरुलाई फिर्ता ल्याउने संख्या अझै बढाउने योजनामा छौं ।

मन्त्री पुरीले अन्तर्राष्ट्रिय उडानका बारेमा अहिले कुनै निर्णय नगरिएको बताए । उनले भने, अन्तर्राष्ट्रिय उडानलाई सुरु गर्ने निर्णय आन्तरिक उडानको अनुभवका आधारमा गरिनेछ ।- एएनआई

प्रतिक्रिया दिनुहोस्