लिपुलेकमा नेपाली झण्डा फहराउन हिँडेका विप्लवका सात कार्यकर्ता पक्राउ

काठमाडौं, जेठ ८ । लिपुलेकमा नेपाली झण्डा फहराउन हिँडेका सात जनालाई दार्चुला प्रहरीले नियन्त्रणमा लिएको छ।

नेपाली झण्डा फहराउन हिँडेका उनीहरुलाई व्यास गाउँपालिकाको दुम्लीङबाट पक्राउ गरेको प्रहरीले जनाएको छ। उनीहरु सबै लेकम गाउँपालिकावासी रहेको प्रहरीले जनाएको छ।

पक्राउ परेका सातै जनालाई अहिले सदरमुकाम ल्याउन लागिएको जिल्ला प्रहरी कार्यालय दार्चूलाका प्रहरी नायव उपरीक्षक पदमबहादुर विष्टले जानकारी लिए।

‘लकडाउनको समयमा विभिन्न स्थान हुँदै उनीहरु लिपुलेक गइरहेका थिए, जसका कारण कोरोना संक्रमणको जोखिम हुनसक्छ’, उनले भने, ‘साथै उहाँहरुको ज्यानमा खतरा हुनसक्ने भन्दै नियन्त्रणमा लिइएको हो।’

डिएसपी विष्टले अहिले दुवै देशको माहोल त्यति उचित नभएकाले लिपुलेक गइरहेकाहरुलाई भारतीय सीमा सुरक्षा बल ९एसएसबी०बाट समेत खतरा रहेकाले उनीहरुकै सुरक्षाको लागि नियन्त्रणमा लिइएको बताए।

प्रतिक्रिया दिनुहोस्