राष्ट्रियसभा निर्वाचनः ८३ जनाको उम्मेदवारी, १७ उम्मेदवार निर्विरोध (सूचिसहित)

काठमाडौं । राष्ट्रिय सभाको माघ २४ गते हुने निर्वाचनका लागि बुधबार मनोनयन दर्ता भएको छ। ५६ पदका लागि ८३ जनाको उम्मेदवारी परेकोमा १७ जना निर्विरोध भएका हुन्।

निर्वाचन आयोगका अनुसार एमाले ६, कांग्रेस ५, माओवादी ३, संघीय समाजवादी फोरम २ र राष्ट्रिय जनता पार्टी (राजपा) का एक गरी १७ जना उम्मेदवार निर्विरोध भएका हुन्।

प्रदेश नम्बर १ मा तीन, प्रदेश २ मा पाँच, प्रदेश ५ मा तीन र प्रदेश ७ मा ६ जना निर्विरोध भएका हुन्। प्रदेश नम्बर ३, ४ र ६ मा भने कुनै पनि उम्मेदवार निर्विरोध भएका छैनन्।

यही हुन् निर्विरोध १७ उम्मेदवार

प्रदेश १
नैनकला ओझा (एमाले)
बिना पोखरेल (माओवादी)
सरिता प्रसाईं (कांग्रेस)

प्रदेश २
शशिकला दाहाल (माओवादी)
मुक्ताकुमारी यादव (कांग्रेस)
प्रमिला यादव (फोरम)
रामप्रीत पासवा (फोरम)
वेषशचन्द्र लाल (राजपा)

प्रदेश ५
कोमल वली (एमाले)
मीना बुढा (एमाले)
अनिता देवकोटा (कांग्रेस)

प्रदेश ७ 
शेरबहादुर कुँवर (एमाले)
हरिराम चौधरी (माओवादी)
बद्री पाण्डे (कांग्रेस)
तारादेवी भट्ट (कांग्रेस)
कमला ओली (एमाले)
इन्दु कडेरिया विष्ट (एमाले)

प्रतिक्रिया दिनुहोस्