लकडाउनका कारण डिप्रेसनका विरामी बढे
काठमाडौं, जेठ ३ । लकडाउका कारण धेरै मानिसले गुगलमा स्ट्रेस थेरेपीको बारेमा सर्च गर्ने गरेको पाइएको छ। यो समचार भारतको हो । भास्करमा प्रकाशित एक रिपोर्टका अनुसार आर्थिक स्थिति,काम स्वास्थ्य,तनाव र सम्बन्धलाई लिएर मानिसहरु निकै चिन्तित हुन थालेका छन्। जसको परिणाम स्वरुप भारतमा ३५ देखि ४९ वर्ष समूहरुको मानिसमा मानसिक समस्या देखिएको इंडियन साइक्रेटिक सोसाइटीले जानएको छ। विशेषगरी जोडीहरुमा तनाव, एंग्जाइटी,डिप्रेसनसँग सम्बन्धी समस्याहरु देखिन थालेको छ। यी समस्या देखिनेहरुमा २० प्रतिशतले वृद्धि भएको उल्लेख गरिएको छ।
मनोचिकित्सक डाक्टर निशा खन्नाका अनुसार लकडाउनका कारण दुई व्यक्तिको सम्बन्धमा धेरै तनाव उत्पन्न भएको देखिएको छ। लगातार घरमा रहने हुनाले श्रीमान श्रीमतीबीचको सम्बन्धमा समस्या देखिनुका साथै सासु बुहारीको सम्बन्धमा समेत प्रभाव पर्न थालकेको उनी बताउँछन्। सासु र बुहारीबीच पहिला हुने झगडामा हाल वृद्धि भएको उल्लेख गरिएको छ।
खन्ना भन्छिन्,ु लकडाउनपछि स्ट्रेस र डिप्रेशनका विरामीहरु धेरै आउन थालेका छन्। बाहिर जस्तै यहाँ पनि रिलेसनसिप सम्बन्धी समस्याहरु आइरहेका छन्। घरमा बस्ने बानी नभएको, घरमा आफ्नो पार्टनरले आफूलाई नबुझ्ने हुनाले मानिस तनावमा आउने गरेकन छन्।ु
त्यसैले खन्ना मानिसहरुलाई खाली बसेर धेरै सोच्नु भन्दा केही गतिविधिहरुमा संलग्न हुन आग्रह गर्ने गरेको बताउँछिन्।
यसैबीच भारतमा ८५ हजारभन्दा बढीमा कोरोना भाइरसको संक्रमण देखिएको छ। भाइरसको संक्रमण नियन्त्रण गर्न भन्दै भारत सरकारले लकडाउन लागू गरेको छ। लकडाउन गरिएको ५० दिन नाघिसक्दा समेत दिनप्रतिदिन भारतमा कोरोना संक्रमितको संख्यामा वृद्धि भइरहेको छ।
लकडाउनका कारण करोडौं मानिस घरभित्र बस्न बाध्य छन्। धेरैको रोजगारी गुमेको छ भने हजारौं मजदूर पैदल घर फर्किरहेका छन्।
प्रतिक्रिया दिनुहोस्