खुलेको शेयर कारोबार फेरि बन्द
काठमडौं , जेठ १ । कोरोनाले बन्द रहेको शेयर कारोबार खुलेको थियो तर बिहीबारदेखि फेरि बन्द भएको छ ।
धितोपत्र बोर्डले लकडाउन नखुलेसम्मका लागि कारोबार बन्द गर्न निर्देशन दिएको छ । कोरोना सङ्क्रमितको संख्या बढिरहेको र अवस्था जटिल हुनसक्ने खतरा बढेकोले बजार बन्द गर्न निर्देशन दिईएको बोर्डका सूचना अधिकारी दिपा दाहालले बताए ।
सबै आर्थिक गतिविधि बन्द रहेको र अवस्था सामान्य नभएसम्म बजार खुलाउनुको कुनै अर्थ नरहेको सूचना अधिकारी दाहालले बताए ।
केही दिनअघि लकडाउन खुकुलो पार्ने सरकारले निर्णय गरेसँगै कारोबार सुरु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्