मेक्सिकोमा विषालु मदिरा सेवन, ४२ जनाको मृत्यु

काठमाडौं, जेठ १ । मेक्सिकोमा विषालु मदिरा सेवनबाट ४२ जनाको मृत्यु भएको छ । मध्य अमेरिकी राष्ट्र मेक्सिकोको पुब्ला राज्यमा आयोजित एक दाहसंस्कार कार्यक्रममा मिसावटयुक्त विषालु मदिरा सेवन गरेकामध्ये कम्तीमा ४२ जनाको मृत्यु भएको अधिकारीहरुले बताएका छन् ।

घटनामा अरु ११ जना जीवनमरणको दोशाँधमा रहेका छन् ।उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ स्थानीय सरकारले जनाएको छ ।

मदिरा सेवन गरेपछि ती मानिसहरु वान्ता गर्ने र टाउको दुख्ने समस्याबाट ग्रसित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्