अर्थविद्ले दिए बजेटमा खर्च कटौती गरी रोजगारीमा लगानी बढाउन सुझाव

काठमाडौं, जेठ १ । अर्थविद्हरुले आगामी बजेटमा खर्च कटौती गरी रोजगारीमा लगानी बढाउन सरकारलाई सुझाव दिएका छन् ।

प्रतिनिधिसभाअन्तर्गत्को अर्थ समितिको बिहीबारको बैठकमा भएको छलफलमा अर्थविद्ले सरकारलाई यस्तो सुझाव दिएका हुन् । उनीहरुले अत्यावश्यकबाहेकका क्षेत्रको खर्च कटौती गरी रोजगारी र उत्पादनशील क्षेत्रमा लगानी बढाउन सुझाव दिएका छन् ।

छलफलमा अर्थविद् डा। डिल्लीराज खनालले अर्थतन्त्रलाई चलायमान बनाउन खर्चमा आधारित बजेट प्रणालीलाई नतिजामा आधारित बनाउनुपर्ने तथा विभिन्न प्रकारका बोर्डहरु खारेज गरी खर्च कम बनाउनुपर्ने बताए ।

अर्थविद् डा। शंकर शर्माले २५ लाख बढीले रोजगारी गुमाएका कारण आगामी वर्ष रोजगारी सिर्जना गर्ने बजेटमा जोड दिनुपर्ने बताए ।

उनले रोजगारीको मुख्य आधार भएकोले सरकारले कृषि क्षेत्रमा रोजगारी बढाउनका लागि व्यावसायिक र आधुनिकीकरण गरी भूमि बैंकको अवधारणाको कार्यान्वयनमा जोड दिनुपर्ने बताए ।

डा। शर्माले पुनर्कर्जा प्रक्रिया सहज बनाइ साधारण खर्च घटाइ बजेट कार्यान्वयनमुखी बनाउन सुझाव दिए ।

अर्का अर्थविद् चन्द्रमणि अधिकारीले रोजगारी सिर्जना गर्न कृषिलाई व्यवसायीकरण गर्नुको विकल्प नरेहेको उलेख्ख गरे ।

प्रतिक्रिया दिनुहोस्