लिपुलेकमा भारतीय हस्तक्षेपविरुद्ध कडा संघर्ष गर्ने विप्लवको चेतावनी
काठमाडौं, बैशाख २८ । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले लिपुलेकमा भारतीय हस्तक्षेपविरुद्ध कडा संघर्ष गर्ने चेतावनी दिएको छ ।
भारतले नेपाली भूमि हस्तक्षेप गर्दै सडक निर्माण थालेपछि त्यसविरुद्ध राष्ट्रिय स्वाधीनताको संघर्ष गर्ने विप्लव नेकपाले चेतावनी दिएको हो ।
उसले भारतप्रति वर्तमान सरकारको लाचारीपन खुला रूपमा प्रकट भएको समेत आरोप लगाएको छ ।
लिपुलेक नेपालको भूमि भएको भन्दै सो पार्टीले तिब्बतको मानसरोबर पुग्ने बाटो बनाएर भारतले नेपालको सार्वभौमिकता, स्वाधीनता र भौगोलिक अखण्डतामाथि हमला गरेको जनाएको छ ।
भारतले नेपाललाई पराधीन बनाउन लागेको प्रस्ट भएको उल्लेख गर्दै सो पार्टीले भारतविरुद्ध राष्ट्रिय स्वाधीनताको संघर्ष गर्ने चेतावनी पनि दिएको छ ।
विप्लव समूहको अन्तर्राष्ट्रिय ब्युरो इन्चार्ज धर्मेन्द्र बास्तोला ९कञ्चन०ले आइतबार विज्ञप्ति जारी गर्दै अहिलेको सरकारको कदमविरुद्ध संघर्षमा उठ्न नेपाली जनतालाई अपिल गरेको छ ।
भारतको पछिल्लो कदम सन् १९६२ देखि नेपालका लिम्पियाधुरा, कालापानीमा पनि सैनिक अखडा गर्ने प्रक्रियाको निरन्तरता उत्कर्षमा पुगेको विप्लव समूहको ठहर छ ।
प्रतिक्रिया दिनुहोस्