आइतवारबाट खुल्ने भयो शेयर बजार , राफसाफ भने सोमवारबाट मात्रै
काठमाडौं , बैशाख २७ । नेपालमा लकडाउनका कारण लामो समय रोकिएको शेयर कारोबारको राफसाफ तथा फर्छ्यौट प्रक्रिया सोमबारबाट हुने भएको छ।
सिडीएस एण्ड क्लियारिङले चैत ११ गतेदेखि लकडाउन सुरु भएको कारण चैत १० गते अघि भएको शेयर कारोबारको बाँकी राफसाफ सोमबारदेखि सुरु गरिने जनाएको छ ।
गत चैत्र ९ गते आइतबार भएको कारोबारको राफसाफ गर्न बाँकि सिडीएसले जनाएको छ । सिडीएसका अनुसार त्यस दिन १९ करोड ४६ लाख बराबरको कारोबार भएको थियो ।
शेयर कारोबार भने आइतवार नै खुल्ने यस अघि तय भएको छ । धितोपत्र बोर्डले आइतबार देखिनै कार्यालय खोल्न निर्देशन दिइसकेको छ ।
प्रतिक्रिया दिनुहोस्