सरकारको नीति तथा कार्यक्रम जेठ २ मा, प्रि-बजेट वैशाख २८ बाट सुरु हुने
काठमाडौं , वैशाख २५ । वैशाख २८ गतेबाट प्रि-बजेट छलफल सुरु हुने भएको छ । सत्तारूढ नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङले वैशाख २८ बाट प्रि(बजेट छलफल सुरु हुने बाह्रखरीलाई जानकारी दिए ।
त्यस्तै जेठ २ गते सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत हुने गरी तयारी भएको उनले जानकारी दिए । आगामी आर्थिक वर्ष ०७७र७८ को बजेट ल्याउने तयारीमा सरकार लागेको छ ।
संविधानमै जेठ १५ मा बजेट ल्याउनुपर्ने व्यवस्था छ । बजेट आउनु १५ दिनअघि नै प्रि(बजेट छलफल सकिसक्नुपर्ने व्यवस्था छ । सरकारको नीति तथा कार्यक्रम कहिले ल्याउने भन्नेबारे आफूहरूलाई जानकारी नआइसकेको कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले बताए । संसदको बजेट अधिवेशन भोलिबाट सुरू हुँदै छ ।
वैशाख १३ गते आर्थिक सर्वेक्षण प्रस्तुत हुने तय भएको संघीय संसदको सहप्रवक्ता दशरथ धमलाले जानकारी दिए । अहिले सांसदहरूको स्वाब परीक्षण जारी रहेको पनि उनले जानकारी दिए ।















प्रतिक्रिया दिनुहोस्