महामारीका बेला नेताहरु भेटघाटमै व्यस्त , छैन जनतातिर ध्यान

काठमाडौं , बैशाख २३ । पछिल्लो समय नेकपामा विवाद चुलीदै गएको छ । विश्व कोरोनाको चपेटोमा परिरहेका बेला नेपालका नेता भने आफ्नै तालमा व्यस्त छन् ।

यति बेलाको समयमा एकजुट भएर सबैलाई राहात दिनुको साटो उल्टै आफ्नै पार्टीमै देखिएको विवाद मिलाउनमै व्यस्त छन् । यति बेला देश लकडाउमा छन । लकडाउनको आज ४३ औं दिन पुगेको छ । गत चैत ११ गतेदेखि सुरु भएको लकडाउनको ४३ औं दिनसम्म आइपुग्दा जनजीवन प्रभावित भएको छ तर प्रहरीले लकडाउनलाई पूर्ण पालना गराउन चेकजाँचलाई कडाई गरेको छ ।

यसैबीच कम्युनिष्ट पार्टी (नेकपा)का नेताहरु यति बेला एकअर्को शिर्ष नेतासंग भेटघाटमै ब्यस्त छन् । आज मात्रै प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेताहरुसँग पालैपालो भेटवार्ता र छलफल गरेका छन् । स्थायी समिति बैठकको पूर्व सन्ध्यामा ओलीले मंगलबार मात्रै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेताहरु माधवकुमार नेपाल र झलनाथ खनालसँग भेटवार्ता र छलफल गरेका हुन् ।

मंगलबार बिहान प्रचण्ड र नेपालसँग भेटवार्ता गरेका ओलीले लगत्तै अर्का नेता खनालसँग भेटवार्ता गरेको प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले जानकारी दिए । नेताहरुसँगको छलफलमा ओलीले पार्टीभित्र देखिएको समस्या र विकसितघटनाक्रमबारे छलफल गरेका थिए । अध्यादेश प्रकरणपछि ओलीको राजीनामा माग्ने मध्येमा नेता खनाल पनि एक हुन् ।

यद्यपि, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले भने माधव नेपालले प्रधानमन्त्रीलाई नभेटेको बताएका छन् । यता लकडाउनले गर्दा जनताले भने सास्ती खेपीरहेका छन् । लकडाउन लम्ब्याउने या स्वरुप परिवर्तन गर्ने विषयमा सरकारले अझै ठोस निर्णय लिन सकेको छैन । आज मात्रै यसका लागि बैठक बस्दै छ । नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमण भएका व्यक्तिहरुको संख्या ८२ पुगेको छ । यस्तै १६ जना निको भइसकेका छन ।

प्रतिक्रिया दिनुहोस्