प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगे वामदेव गौतम, यस्तो गोप्य हुदैछ सहमती

काठमाडौं , बैशाख २० । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का उपाध्यक्ष वामदेव गौतम प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । आज बस्न लागेको नेकपा सचिवालय बैठक अघि छलफलका लागि नेताहरुको दौडधुप चलिरहेको छ । यसै क्रममा उपाध्यक्ष गौतम प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका हुन् ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले गौतमलाई कोरोनापछिको प्रधानमन्त्रीमा प्रस्ताव गरेपछि त्यसको ठोस छलफल र निर्णय गर्न आज सचिवालय बैठक बोलाइएको हो । सोही कारण पनि गौतम प्रधानमन्त्री ओलीलाई भेट्न पुगेको आंकलन गर्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्