२० दिनपछि सार्वजनिक भए किम जोङ उन, कहाँ गएका थिए ?

काठमाडौं, बैशाख २० । किम जोङ उन २० दिनपछि सार्वजनिक भएका छन् । अनेकौं अफवाहकाबीच उत्तर कोरियाका शासक किम जोङ उन कबिर २० दिनपछि सार्वजनिक भएका हुन् ।

उनी जीवित नै नरहेको दावीसहितका समाचारहरु सार्वजनिक भइरहँदा किम २० दिनपछि सार्वजनिक कार्यक्रममा देखिएको बीबीसीले जनाएको छ ।किम एक रासायनिक मल कारखाना उद्घाटन कार्यक्रममा रिबन काटिरहेको तस्वीर रोयटर्सले सार्वजनिक गरेको छ ।

समाचार एजेन्सी केसीएनएका अनुसार किमले उत्तर कोरियाका उच्च अधिकारी र आफ्नी वहिनी किम यो जोङको उपस्थितिमा रिबन काटेको तस्वीर सार्वजनिक भएको हो ।

यसअघि १२ अप्रिलमा सार्वजनिक कार्यक्रममा देखिएका किम अप्रिल १५ को आफ्ना हजुरवुवाको जन्मोत्सव कार्यक्रममा समेत उपस्थित नभएपछि गम्भीर विरामी परेर शल्यक्रिया गरिएको लगायतका समाचारहरु सार्वजनिक भएका थिए ।

प्रतिक्रिया दिनुहोस्