कोरोना प्रकोपः विश्वभर मृत्यु हुनेको संख्या २ लाख ३४ हजार, ३३ लाखबढी संक्रमित १ १० लाख धेरै निको भए

काठमाण्डौ , वैशाख १९। कोरोना भाइरस कोभिड–१९ बाट विश्वमा ज्यान गुमाउनेको संख्या २ लाख ३४ हजार नजिक पुगेको छ। पछिल्लो तथ्या‌ंकअनुसार विश्वमा २ लाख ३३ हजार ९ सय ६६ जनाको ज्यान गएको छ । त्यस्तै संक्रमितको संख्या ३३ लाख पार गरेको छ । वर्ल्डोमिटर्सले आज सार्वजनिक गरेको तथ्यांक अनुसार ३३ लाख पाँच हजार संक्रमित पुगेका छन् ।

त्यस्तै बिहीबार सम्ममा संसारभरबाट १० लाख ३९ हजार मानिस निको भएका छन् । संक्रमणका कारण पछिल्लो चौबिस घण्टामा विश्वमा ५ हजार ८ सय जनाको मृत्यु भएको छ। सोही अवधिमा विश्वमा ८५ हजार ९ सय ५७ जना कोरोनाका नयाँ बिरामी थपिएका छन् । अमेरिकामा कोरोना कारण २ हजार २ सय १ जनाले ज्यान गुमाएका छन्। ३० हजार ८ सय २५ जना नयाँ संक्रमित उपचारको लागि अस्पताल पुगेको छन्। अमेरिकामा मृत्यु हुनेको संख्या ६३ हजार ८ सय ५६ रहेको छ । त्यस्तै त्यहाँ संक्रमितको संख्या १० लाख ९५ हजार छ। स्पेनमा बिहीबार २ हजार ७ सय ४० जना नयाँ बिरामी थपिए भने २ सय ६८ जनाको मृत्यु भएको थियो। स्पेनमा हाल सम्म २४ हजार ५ सय ४३ जनाको मृत्यु भएको छ । त्यहाँ २ लाख २९ हजार संक्रमित रहेका छन् । त्यस्तै इटालीमा १ हजार ८ सय ७२ जना नयाँ बिरामी थपिएको दिन २ सय ८५ जनाको मृत्यु भएको छ । इटलाीमा २७ हजार २ सय ६७ को ज्यान गएको छ ।

त्यहाँ २ लाख पाँच हजार बिरामी छन् । बेलायतमा ६ हजार ३२ जना कोरोनाका नयाँ संक्रमित देखिएका थिए । सोही दिन बेलायतमा कोरोनाका कारण ६ सय ७४ जनाले ज्यान गुमाएका थिए। फ्रान्समा बिहीबार ७ सय ५८ जना नयाँ बिरामी देखिएका थिए भने २ सय ८९ जनाको मृत्यु भएको थियो। जर्मनीमा १ हजार ४ सय ७० जना नयाँ संक्रमित थपिएको दिन बिहीबार त्यहाँ १ सय ५६ जनाको मृत्यु भएको थियो। टर्कीमा बिहीबार २ हजार ६ सय १५ जना नयाँ बिरामी थपिए ।

सोही दिन टर्कीमा ९३ जना मृत्युको कारण कोरोना भाइरस बनेको थियो । रुसमा पछिल्लो चौबिस घण्टामा ७ हजार ९९ जना कोरोनाका नयाँ संक्रमित थपिएका थिए भने १ सय १ जनाको मृत्यु भएको थियो । इरानमा बिहीाबर ९ सय ८३ जना कोरोनाका नयाँ बिरामीउ पचारको लागि अस्पताल पुगेका थिए । सोही दिन इरानमा कोरोनाका कारण ७१ जनाले ज्यान गुमाएका थिए। ब्राजिलमा बिहीबार ६ हजार १९ जना कोरोनाका नयाँ बिरामी थपिए भने ३ सय ९० जनाको मृत्यु भएको थियो। क्यानाडामा पछिल्लो चौबिस घण्टामा १ हजार ६ सय ३९ जना कोरोनाका नयाँ बिरामी थपिएका थिए ।

सोही अवधिमा क्यानाडामा १ सय ८८ जनाको मृत्यु कोरोनाबाट भएको थियो । पेरुमा बिहीबार ३ हजार ४५ जनामा कोरोना भाइरस संक्रमण देखियो भने १ सय ८ जनाले ज्यान गुमाए । भारतमा पछिल्लो चौबिस घण्टामा १ हजार ८ सय १ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् । सोही अवधिमा भारतमा ७५ जनाको मृत्यु भएको छ । बेल्जियममा बिहीबार ६ सय ६० जना कोरोनाका नयाँ बिरामी थपिएका थिए भने ९३ जनको मृत्यु भएको थियो । यस्तै, नेदरल्याण्ड्समा थप ५ सय १४ नयाँ संक्रमित देखिएको दिन बिहीबार ८४ जनाले ज्यान गुमाएका थिए ।

प्रतिक्रिया दिनुहोस्