अपहरणको उजुरी दिन जसपाका नेताहरु सरकारी वकिलको कार्यालयमा !

काठमाण्डौ,वैशाख १६ । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा का सांसदहरु महेश बस्नेत र किसान श्रेष्ठसहित नेपाल प्रहरीका पूर्व आइजीपी सवेन्द्र खनालविरुद्द उजुरी दिन जनता समाजवादी पार्टीका नेताहरु सरकारी वकिलको कार्यालय पुगेका छन् ।

अपहरणको जाहेरी दर्ता गर्न समाजवादी पार्टीका नेताहरु जिल्ला सरकारी वकिलको कार्यालय बबरमहल पुगेका हुन् ।

अपहरणमा परेका भनिएका डा सुरेन्द्र यादव पार्टीका नेताहरु राजेन्द्र महतो, राजेन्द्र श्रेष्ठ लगायतलाई लिएर बबरमहलस्थित कार्यालय पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्