चौथो त्रैमासको ब्याजमा सहुलियत दिने राष्ट्र बैङ्कको घोषणा

काठमाडौं , बैशाख १४ । नेपाल राष्ट्र बैङ्कले चौथो त्रैमासमा तिर्नुपर्ने ब्याजमा सहुलियत प्रदान गर्ने घोषणा गरेको छ । राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले चालु आर्थिक वर्षको चौथो तीन महिनामा भुक्तानी गर्नुपर्ने ब्याजमा सहुलियत प्रदान गर्न आवश्यक व्यवस्था मिलाउने घोषणा गरेका हुन् ।

राष्ट्र बैङ्कको ६५औं वार्षिकोत्सवको उपलक्ष्यमा लिखित मन्तव्य सार्वजनिक गर्दै गभर्नर अधिकारीले कोरोना भाइरस ९कोभिड(१९० बाट अर्थतन्त्रलाई जोगाउन आवश्यक निर्णय चाँडै लिइने बताएका छन् ।

उनको वक्तव्यको पूर्ण पाठ गभर्नर कार्यालयले आइतबार सार्वजनिक गरेको छ । कोभिड–१९ बाट बढी प्रभावित क्षेत्रलाई चालू पुँजी कर्जा प्रदान गर्ने व्यवस्थालाई थप सहज बनाउन आवश्यक व्यवस्था मिलाउनुका साथै साना तथा मझौला उद्योग, पर्यटन र कोभिड–१९ को प्रभाव अत्यधिक परेका क्षेत्रमा प्रादेशिक सन्तुलनसमेत कायम हुनेगरी प्रदान गरिने गभर्नर अधिकारीले बताएका छन् ।

यसैगरीसहज उनले ढङ्गले प्रवाह गर्न पुनरकर्जा कार्यविधिमा संशाधन गरी ६० अर्ब रुपैयाँको विद्यमान पुनरकर्जा कोषलाई आवश्यकता अनुसार क्रमशः वृद्धि गर्दै लैजाने बताएका छन् ।

बैंकिङ क्षेत्रबाट हुने कर्जा प्रवाहलाई थप सहजीकरण गर्न आवश्यक उपायहरु अवलम्वन गर्ने, कोभिड–१९ बाट वढी प्रभावित भएका क्षेत्रमा प्रवाह भएको कर्जालाई पुनरतालिकीकरण वा पुनर्संरचना गर्न सकिने सुविधा प्रदान गर्न आवश्यक व्यवस्था मिलाउने तथा लकडाउनको अवधिमा भुक्तानी गर्नुपर्ने कर्जाको भुक्तानी अवधि थप गर्न सकिने व्यवस्था मिलाउने गभर्नर अधिकारीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्