वामदेव गौतम भन्छन् -सरकारको कामबाट पार्टीभित्र र सरकार सञ्चालनमा समस्या
काठमाडौं , बैशाख १४ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पार्टीलाई बाइपास गरेर समस्या समाधान नहुने सुझाव प्रधानमन्त्री केपी ओलीलाई दिएको स्पष्ट पारेका छन् । आज एक विज्ञप्ती प्रकाशित गर्दै उनले सरकारले ल्याएको अध्यादेश जारी र खारेज प्रकरणलाई लिएर पार्टीभित्र र समस्या उत्पन्न भएकाले प्रधानमन्त्री ओलीलाई त्यसको निकास खोज्न सुझाब दिएको जानकारी गराएका हुन् ।
सरकारको कामबाट पार्टीभित्र र सरकार संचालनमा उत्पन्न भएको नेता गौतमको भनाइ छ । उनले पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा आवश्यक परेमा सचिवालय, स्थायी कमिटी वा केन्द्रीय कमिटी बैठकसमेत बोलाउनुपर्ने सुझावपनि आफुले दिएको बताएका छन् ।
सबैका सुझावलाई सम्मान गर्दै साझा प्रयत्नबाट समस्या समाधान गर्नुपर्ने उनको भनाइ छ । उनले विज्ञप्तीमा आफू र प्रधानमन्त्रीबीच भएका कुराबारे मनमौजी किसिमले टिप्पणी भएको भन्दै असन्तुष्टि समेत जनाएका छन् ।
यसअघि उपाध्यक्ष गौतमले प्रधानमन्त्री ओलीलाई राजीनामा दिन सुझाव दिएको समाचार बाहिर आएको थियो । प्रधानमन्त्री ओलीले एकलौटी रुपमा राजनीतिक दल र संबैधानिक परिषद सम्बन्धी अध्यादेश ल्याएपछि सत्तारुढ नेकपाका विवाद देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्