बेलायतमा कोरोना भाइरसविरुद्धको खोप मानिसमा परीक्षण गर्न थालियो
काठमाण्डौ , बैशाख १२ । बेलायतमा कोरोना भाइरस ९कोभिड १९० विरुद्धको खोप मानिसमा परीक्षण गर्न थालिएको छ ।
भाइरसविरुद्धको खोप परीक्षणका लागि आठ सय जनाभन्दा धेरै छनोट भएकामा दुई जना स्वयंसेवकलाई पहिलो पटक खोप दिइएको बीबीसीले जनाएको छ ।
उनीहरुमध्ये आधालाई कोभिड १९ विरुद्धको खोप र आधालाई मेनिनजाइटिस रोकथामको लागि आवश्यक खोप दिइनेछ । परीक्षणको क्रममा स्वयंसेवकहरुले आफूलाई कुन खोप दिइँदैछ भन्ने बारेमा भने थाहा पाउने छैनन् । तर डाक्टरलाई भने यस बारेमा जानकारी हुने खबरमा उल्लेख छ ।
अक्सफोर्ड युनिभर्सिटीमा तीन महिना लगाएर विकास गरिएको खोप परीक्षण गर्न थालिएको हो ।
कोरोना भाइरसविरुद्धको खोप लिनेमध्ये एक इलिसा ग्रानाटोले भनिन्, म वैज्ञानिक हुँ त्यसैले मैले सकेसम्म वैज्ञानिकहरुको प्रक्रियालाई सहयोग गर्नुपर्छ यो खोपप्रति मलाई एकदमै विश्वास छु, उनले भनिन् ।
प्रतिक्रिया दिनुहोस्