एसियन लाइफ इन्स्योरेन्सका सीईओ दिनेश लाल श्रेष्ठले राजीनामा स्वीकृत, कामु सीईओको जिम्मेवारी होम बहादुर श्रेष्ठलाई 

काठमाडौं, ९ कार्तिक । एसियन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दिनेश लाल श्रेष्ठले राजीनामा दिएका छन्।

सीईओ श्रेष्ठको राजीनामा कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले स्वीकृत गरेको छ। उनको राजीनामा कात्तिक १० गतेबाट लागू हुनेछ।

यसैगरी सञ्चालक समितिको बैठकले अर्को व्यवस्था नहुन्जेलसम्मका लागि कम्पनीका नायब सीईओ होम बहादुर श्रेष्ठलाई कात्तिक १० गतेदेखि लागू हुने गरी कामु सीईओको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ।

प्रतिक्रिया दिनुहोस्