सानिमा बैंकद्वारा कोरोना कोषमा १ करोड ६८ लाख रुपैयाँ सहयोग

काठमाण्डौ , बैशाख ११ । सानिमा बैंकद्वारा कोरोना भाइरस सङ्क्रमण, रोकथाम तथा उपचार कोषलाई १ करोड ६८ लाख रुपैयाँ सहयोग हस्तान्तरण गरेको छ ।

सानिमा बैंक लिमिटेडले कोरोना भाइरस ९कोभिड(१९० को महामारी नियन्त्रण तथा उपचारको सहयोगका लागि नेपाल सरकारलाई १ करोड ६८ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको हो । जसअन्तर्गत बैंकका कर्मचारीहरुको तर्फबाट ३३ लाख रुपैयाँ प्रदान गरिएको छ ।

केन्द्रीय सरकार अन्तर्गत कोरोना भाइरस सङ्क्रमण , रोकथाम तथा उपचार कोषमा ९८ लाख रुपैयाँ र प्रत्येक प्रदेश सरकारलाई १० लाख रुपैयाँका दरले ७० लाख रुपैयाँ सहयोग रकम उपलब्ध गराइएको छ ।

बैंकका हरेक प्रादेशिक कार्यालयका प्रतिनिधिहरु मार्फत् आ(आफ्ना प्रदेश सरकारलाई यस सहयोग रकम हस्तान्तरण तथा केन्द्र सरकारको कोरोना भाइरस सङ्क्रमण, रोकथाम तथा उपचार कोषमा रकम जम्मा गरेको हो ।

प्रतिक्रिया दिनुहोस्