कोरोना कोषमा दुई अर्ब ११ करोड रुपैयाँ जम्मा

काठमाडौं, बैशाख १० । कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा अहिलेसम्म दुई अर्ब ११ करोड ६५ लाख ५८ हजार २७५ रुपैयाँ जम्मा भएको छ। सरकारले राष्ट्रिय बाणिज्य बैंकमा खाता खोलेर सहयोग गर्नेहरुलाई आग्रह गर्दै आएको छ।

यस कोषमा सबैभन्दा धेरै नेपाल आयल निगम र नेपाल सरकारले ५०र५० करोड रुपैयाँ सहयोग गरेका छन्। त्यस्तै नेपाल दूरसञ्चार प्राधिकरणले १५ करोड रुपैयाँ, नेपाल टेलिकमले १२ करोड, एनसेलले १० करोड, कर्मचारी सञ्चयकोष र बिमा समितिले ५र५ करोड रुपैयाँ सहयोग गरेका छन्।

अधिका‌श सरकारी कार्यालय, नियमनकारी निकाय, बैंक तथा वित्तीय संस्थाले सहयोग प्रदान गरेका छन्। हिमानी ट्रष्टले पनि दुई करोड रुपैयाँ सहयोग गरेको छ।

प्रतिक्रिया दिनुहोस्