भारतमा ५३ जना पत्रकारलाई कोरोना भाइरस संक्रमण

काठमाडौं , बैशाख ९ । भारतमा कम्तिमा ५३ जना पत्रकारमा कोरोना भाइरस संक्रमण देखिएको छ । मुम्बईमा १६७ पत्रकारमा कोरोना परीक्षण गर्दा ५३ जनामा संक्रमण फेला परेको हो । तीमध्ये अधिकांश टेलिभिजन पत्रकारहरु रहेको भारतीय सञ्चार माध्यमहरुले समाचार लेखेका छन् । औसतमा प्रत्येक ३ जना परीक्षण गर्दा १ जनामा कोरोना संक्रमण देखिएपछि त्यहाँका सञ्चार माध्यम र सञ्चारकर्मीहरु समेत बढी सजग हुन आव्हान गरिएको छ ।

भारतीय स्वास्थ्य मन्त्रालयले समेत यसको पुष्टि गर्दै पत्रकारहरुलाई सुरक्षाका उपाय अपनाउन भनेको छ । भारतमा अन्य प्रदेश तथा क्षेत्रमा समेत सञ्चारकर्मीहरुमा एकाध कोरोना भाइरस पोजेटिभब भएको तथ्यांकहरु सार्वजनिक भइरहेका छन् । परीक्षण गरिएको मुम्बईमा यो तथ्यांक आएको हो । भारतमै अन्य कतिपय स्थानमा कार्यरत पत्रकारको स्वास्थ्य परीक्षण भएको छैन ।

प्रतिक्रिया दिनुहोस्