चीनको अर्थतन्त्रमा शताब्दी यताकै गिरावट

काठमाडौं, बैशाख ५ । चीनको अर्थतन्त्रमा शताब्दी यताकै गिरावट आएको छ ।

शुक्रबार९ आज ० सार्वजनिक तथ्यांक अनुसार पछिल्लो तीन महिनामा चिनियाँ अर्थतन्त्रमा ६ दशमलव ८ प्रतिशतले गिरावट आएको हो ।

गत वर्षको सोही अवधिमा वृद्धिदर ६ दशमलव ८ प्रतिशत थियो ।

कोरोनाभाइरस महामारीका कारण चिनियाँ अर्थतन्त्र सन् १९९२ पछि पहिलोपटक खुम्चिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएकाछन् ।

कोरोना महामारीको केन्द्र बनेको चीनमा अधिकांश उद्योग कलकारखा बन्द गरिएको थियो ।

विगत दुई दशकयता चीनको आर्थिक वृद्धिदर औसत नौ प्रतिशतले बढेको थियो । पिपुल्स डेलीले चीनले ल्याएको आर्थिक सहायताकार्यक्रमले मुलुकको आन्तरिक माग बढाउने बताएको थियो ।

तर चिनियाँ निर्यात भने प्रभावित छ । विश्लेषकहरुले चिनियाँ अर्थतन्त्रमा छिटै सुधार आउने सम्भावना कम बताएका छन् ।

अन्तर्राष्ट्रिय मुद्रा कोष ९आईएमएफ०ले चिनियाँ अर्थतन्त्रमा एक दशमलव २ प्रतिशतको मात्र वृद्धिदर हासिल हुने अनुमान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्